नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले बेलझुन्डी दाङमा २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । संस्कृत विश्वविद्यालयको स्थापनामा संस्कृत शिक्षाको संरक्षण तथा उन्नयनका लागि दाङ जिल्लासहित देशका विभिन्न स्थानका संस्कृत शिक्षाप्रेमीहरूको उल्लेख्य योगदान रहेको छ । त्यसका लागि २०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैयाँ परिवारबाट दाङको देउखुरी उपत्यकामा १२०० (बाह्र सय) बिगाहा भूमिदान गरी यस विश्वविद्यालयको पृष्ठभूमि तयार गरिएको हो । त्यसैको…
Read More